तोल्काको हिमालय माविमा चोरी; सिसी क्यामेरा र नगदसहित ४ वटा ल्यापटप हराए

पोखरा।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ । आइतबार बिहान कार्यालय सहयोगी विद्यालय पुग्दा ताल्चा फुटाएर विद्यालयको सिसी क्यामेराको तार काटेर नगद र जिन्सी सामान चोरी भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए ।

‘ ताल्चा फुटाएर विद्यालयमा भएको नगद र जिन्सी सामान चोरी भएको पाइयो, वडाध्यक्ष गुरुङले भने, ‘विद्यालयको सुरक्षाको लागि जडान गरिएको सिसी क्यामेराको तार काटेर ४ थान क्यम्प्युटर(डेल कम्पनी), लेखा शाखाको २० हजार, सिसी क्यामेरा र स्पिकर चोरी भएको छ ।’वडाध्यक्ष गुरुङका अनुसार चोरी भएको घटनाबारे कास्की प्रहरीलाई जानकारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *