शिक्षक सङ्घ पर्वतको स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान सम्पन्न

पर्वत ।

नेपाल शिक्षक सङ्घले स्मारिका प्रकाशन गरेको छ । स्मारिका विमोचन गर्दै सङ्घीय अध्यक्ष सोमनाथ गिरीले वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठका क्रियाकलापहरुले शिक्षकहरुमा त्रास उत्पन्न गराएको बताएका छन् ।

सङ्घको ३५ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति पर्वतको आयोजनामा शनिवार भएको ‘स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वर्षौँ अगाडिदेखि सङ्गठित भएर शिक्षा क्षेत्रको पक्षमा मात्रै नभएर नेपालका ठुला क्रान्तिहरूमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकका पेसागत सङ्घसङ्गठनमाथि कसैले अनावश्यक धावा बोल्न आवश्यक नरहेको अध्यक्ष गिरीको भनाइ छ । अहिले मन्त्रीले दलीय आबद्धतामा रहेका शिक्षकहरूलाई कारबाही गर्ने कुरा सुमनाले बोलिरहेको भए पनि त्यो व्यवस्था भने यस अगाडि नै दलहरूले नै सहमतिमा निर्माण गरिसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले सङ्घले प्रदेशका शिक्षकहरूको लागि तालिम र शिक्षण सिकाइमा सहज हुने गरी विभिन्न तयारीहरू गरिरहेको बताए । शिक्षकहरूको हक अधिकारका लागि लड्ने भनेर स्थापना भएको शिक्षक महासङ्घकै अधिवेशन सात वर्षसम्म हुन नसक्नुले नराम्रो उदाहरण दिएको उनको भनाइ छ ।

कार्यक्रममा शिक्षक सङ्घका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । सोही अवसरमा गत एक वर्षको अवधिमा पर्वतका विभिन्न स्थानीय तहहरूबाट सेवाबाट अवकाश लिएका तथा शिक्षक सङ्घमा आबद्ध भएका २६ जना शिक्षकहरूलाई बाँकी समयको कुशलताको कामना गर्दै सम्मान गरिएको छ । सोही अवसरमा शिक्षक सङ्घ पर्वतले पहिलो पटक तयार पारेको स्मारिका ‘शिक्षक सौरभ’ को पनि विमोचन गरिएको हो ।

यस्तै, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले शिक्षा मन्त्री श्रेष्ठले ‘थाल ठटाएर हात्ती तर्साउने’ काम गरिरहेको बताउँदै राम्रा कामका लागि भने सबैको सहयोग आवश्यक हुने बताए ।

कार्यक्रममा बोलेका शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, सङ्घका केन्द्रीय सदस्य रुद्र सुवेदी, सङ्घ पर्वतका संस्थापक अध्यक्ष वसन्तबहादुर सि.के., प्रदेशका उपमहासचिव विष्णुप्रसाद शर्मा, कास्कीका अध्यक्ष राजु क्षेत्री लगायतले पनि बोलेका थिए । कार्यक्रममा शिक्षक सङ्घका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

सोही अवसरमा गत एक वर्षको अवधिमा पर्वतका विभिन्न स्थानीय तहहरूबाट सेवाबाट अवकाश लिएका तथा शिक्षक सङ्घमा आबद्ध भएका २६ जना शिक्षकहरूलाई बाँकी समयको कुशलताको कामना गर्दै सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *