पर्वत ।
जिल्लाको सदरमुकाम कुश्माबाट दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको बोलेरो जिप शनिबार बेलुका कुश्मा दुर्लुङ सडक खण्डको देउरालीमा दुर्घटना हुँदा सात बर्षिय बालिका सितल विककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सो दुर्घटनामा चालक सहित १२ जना घाइते भएका छन् । ती मध्ये छ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरीएकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा दुर्लुङकै तीन वर्षीय सौरभ वि.क., २३ बर्सिया शान्ति वि.क., ७० वर्षीय कृष्ण प्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ बर्सिया हिरादेवी मगर, ३५ वर्षीय मीन ब. क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, कास्कीको पोखरा बस्ने १६ वर्षीय अमर वि.क. रहेका छन् भने चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीय चन्द्रकला क्षेत्रीकाे अवस्था गम्भीर रहेको छ ।
उकालो बाटोमा चढ्दै गरेको जिप बेलुका साढे सात बजे अचानक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।
