पर्वत ।
जिल्लाको मोदी गाउँ पालिकाको वडा नं २ देउपुरमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मोदी गाउँ पालिकाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री वडा घोषणाका लागि गर्नु पर्ने तयारी र चुनौतीका बारेमा सोडेक नेपालका शिक्षा तथा संरक्षण अधिकृत ऋषिराम भुसाल र बाल कल्याण अधिकारी याम बहादुर मेघासिले सहजीकरण गर्नु भएको थियो ।

बालमैत्री स्थानीय शासन र बालबालिकामा लगानी किन आवश्यक छ भन्ने सम्बन्धमा वार्डभित्रका सरोकारवालाहरुलाई १ दिने अभिमुखिकरण सम्पन्न गरिएको हो । साथै सोही अबसरमा ५१ सुचकमा वार्ड भित्रको अवस्था र आगामी प्राथमिकताको बारेमा समेत जानकारी दिदै लगानीको सुनिश्चितता र बालबालिकालाई केन्द्रमा राखि काम गर्ने गरि सरोकारवालाहरुबाट प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
वडा भित्र बालबालिकालाई लक्षित गरी कार्ययोजनाका साथ बालमैत्री वडा घोषणा गर्ने कार्यदिशाका तयार गरी अगाडी बढ्ने वडाध्यक्ष बेल बहादुर कार्कीले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका किसन लाल गुरुङ, माओबादी केन्द्रका ज्ञानेन्द्र प्रसाद चापागाई , स्वास्थ्य चौकी प्रमुख लालिमाया श्रीस, विव्यस अध्यक्ष ज्ञानेन्द्र प्रसाद चापागाई, शिक्षक भूमिराज शर्मा लगायतले आफ्ना विचारहरू राख्नु भएको थियो ।
सोही कार्यक्रममा वडा बाल संरक्षण समिति गठन गरिएको छ । वडाध्यक्ष बेल बहादुर कार्कीको संयोजकत्वमा गठित १३ सदस्यीय समितिका सदस्यहरुमा शान्ति पौडेल, याम नारायण चापागाईं, जित बहादुर पुन, विष्णु परियार, पुनम केसी, ज्ञानेन्द्र प्रसाद चापागाई , भूमि राज शर्मा, आशिष रिजाल, सृष्टि परियार, पार्वती तिमिल्सिना, निल प्रसाद चापागाई , र सदस्य सचिव गायत्री चापागाई रहनुभएको छ ।