पर्वत।
जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि बार्षिक ३६ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको हिजो मंगलबार बसेको बैठकले जलजला गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्ययन गरी आधारभुत तह कक्षा-८ उत्तिर्ण गरी कक्षा -९ मा ग्राम प्रकाश मावि जलजला -५ लेकफाँटमा प्राबिधिक धार तर्फ (बालि बिज्ञान) बिषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको अध्यक्ष आचार्यले वताउनु भयो ।
सरकारको एक पालिकाका एक प्राविधिक बिद्यालय अन्तर्गत कक्षा ९ देखि १२ सम्म जलजला ५ लेकफाँटको ग्रामप्रकाश माविमा उक्त बिषयमा पठनपाठन हुने भएको हो । नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक बिषय अध्ययनका लागि हालैमात्र स्वीकृत प्राप्त भएको र यही शैक्षिक सत्र २०८०बाट पठनपाठन सुरु हुन लागेको बिद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेलले जानकारी दिनुभयो ।
अहिले बिद्यालयमा कक्षा ८ उतिर्ण गरि ९ मा गएका ३९ जना विद्यार्थीहरु कृषि बिषय लिएर पढ्न चाहेको र अन्यत्रबाट पनि कृषि प्राविधिक पढ्न इच्छुक विद्यार्थीहरु आउने संभावना रहेको उहाँले बताउनुभयो । कृषि प्राविधिक अध्ययनका लागि पालिकाका अन्य बिद्यालयका बिद्यार्थीहरुलाई पनि सोही बिद्यालयमा अध्ययन गर्न प्रेरित गरि भविष्यमा सिपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो । वि सं. २०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले २ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन् ।
