देउपुर स्वास्थ्य चौकीलाई सामग्री हस्तान्तरण

पर्वत ।

जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुर मा रहेको देउपुर स्वास्थ्य चौकी तथा प्रसुती वार्डको लागि सामग्री प्रदान गरिएको छ । पर्वत समाज अमेरिकाबाट एक लाख एक हजार तथा उज्यालो स्वास्थ्य चौकी अभियान मोदी- २, देउपुर पर्वतबाट ४१ हजार तीन सय छ रुपैया गरी कुल एक लाख बयालीस हजार तीन सय छ रुपैयाँकाे लागतमा पांच थान बेड , पाँच थान स्लाइन स्ट्यान्ड , एक थान ग्यास सिलिन्डर, एक थान ग्यास चुलो र दश थान टिटि भ्याक्सिन शुक्रबार एक कार्यक्रमका बिच स्वास्थ्य चौकीलाई  हस्तान्तरण गरिएको हो ।

देउपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रमका संयोजक देवेन्द्र गिरीद्वारा सामग्री हस्तान्त्रण गरिएको थियो ।उक्त कार्यक्रमको बजार व्यवस्थापकमा बेलबहादुर कार्की, युवराज शर्मा चापागाई (राजु), सुनिता शर्मा  , बिक्रम गौतम हे पो प्रतिनिधि र देवेन्द्र गिरी रहनु भएको थियो।

सो स्वास्थ चौकीलाई मोदी-२ देउपुर टापु घर भइ  हाल जापानमा कार्यरत सागर प्रसाद शर्माले एक थान आराम कुर्ची  पनि प्रदान गर्नु भएको  छ ।  मोदी गाउँ पालिकामा घर भई हाल विदेशमा रहेका नेपालीहरुले मातृभूमिको मायास्वरुप यहाँका विद्यालय र स्वास्थ्य संस्थामा सहयोग गर्ने क्रम चलिरहेको संयोजक गिरीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *