काठमाडौं ।
देशभरका क्रसर व्यवसायीले शनिबारदेखि ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने भएका छन्।
सरकारले ‘अवैध’का नाममा क्रसर बन्द गराएको भन्दै त्यसको विरोधमा व्यवसायीले क्रसर बन्द गर्ने निर्णय गरेको नेपाल क्रसर तथा खानी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले गत माघमा देशभर अवैधरूपमा सञ्चालित खानी बन्द गराउने निर्णय गरेको थियो। तर व्यवसायीले कुनै पनि खानी अवैध रुपमा सञ्चालन नभएको बताउँदै आएका छन्।