नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक गम्भीर

पोखरा ।

देव चुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकमध्ये तीन महिला र तीन पुरुष छन । मृतकको पहिचान अझै खुल्न सकेको छैन ।

जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताउनुभयो । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । घाइतेको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *