पर्वत ।
जिल्लाको मोदी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेको छ । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।
यसैका लागि बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले बताउनुभयो। बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उहाको भनाइ छ ।
यही जेठ २० गतेबाट राय सुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ परक बनाउन रायसुझाव माग गरिएको हो ।
२०८१/०८२को निति तथा कार्यक्रम एवम बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका प्रस्ताव समेत प्रदान/पेश गर्नका लागि राजनैतिक दल,नागरिक समाज,सरकारी तथा गैरसरकारी संघ सस्था,शिक्षक,वुद्दिजिवि,पेशा व्यवसायी ,पत्रकार एवम स्वदेश तथा विदेशमा रहनुभएका सम्बन्धित सबैमा गाँउपालिकाले राय सुझावको लागि अनुरोध गरेको छ ।