नेपाली शिक्षकलाई पाठ्यक्रम प्रबोधिकरण तालिम

पर्वत ।

नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजनामा कक्षा पाँच, आठ र दशको नेपाली पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ।

पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रमा तीन ओटा कक्षामा पाठ्यक्रम परिमार्जन गरेर कार्यान्वयनमा ल्याएपछि त्यसको प्रभावकारी प्रयोग, उपयोगिता र उपलब्धि लगायतका विषयमा ज्ञान आदानप्रदान गर्ने उद्धेश्यले प्रबोधिकरण कार्यक्रमको आयोजना गरिएको हो।

जिल्लाका सात ओटै स्थानीय तहरुमा रहेका सामुदायिक विद्यालय तथा जिल्लामा रहेका संस्थागत विद्यालयमा नेपाली विषय अध्यापन गराउँदै आएका करिब दुई सय जना शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रमा विज्ञको रुपमा कार्यरत चिना निरौलाले सहजीकरण गर्नु भएको थियो ।

सहजकर्ता र सहभागीहरुबिच परिवर्तित पाठ्यक्रमले समेट्न खोजेका सिकाईका बिभिन्न पक्षहरु, विद्यार्थीहरुका सक्षमता, तहगत रुपमा हासिल गर्नुपर्ने उपलब्धि लगायतका बारेमा अन्तरक्रिया पनि गरिएको थियो ।

कार्यक्रमकै अवसर पारेर परिषद पर्वत शाखाले प्रकाशनमा ल्याएको चालु शैक्षिक सत्र २०८० सालको शैक्षिक कार्यपात्रो पनि बिमोचन गरिएको छ। परिषद पर्वतका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष गोविन्द पौडेल र सञ्चालन सचिव झलक पौडेलले गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *