नागरिक सुनुवाई तथा सडक सुरक्षा सचेतना कार्यक्रम मोदीमा सम्पन्न,

नागरिक सुनुवाई तथा सडक सुरक्षा सचेतना कार्यक्रम मोदीमा सम्पन्न भएको छ ।सामाजिक कुरिती विरुध्द अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यलय पर्वतले आयोजना गरेका अन्तरक्रिया कार्यक्रमा महिला हिसां, लगायतका बिषयमा छलफल भएको हो । सामाजिक विकास कार्यालयका प्रमुख मोहन चन्द्र सुबेदीले समाजमा भएका कुरीति मानव तस्कर जस्ता गतिविधीहरु भैरहेका छन् यस्ता बिषयमा सामाजिक विकास कार्यालय निरन्तर लागिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले समुदाय र प्रहरीको समन्नय र साझेदारी कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।पर्वतमा भएका समस्याहरुको तत्काल हल गर्न प्रमुख जिल्ला अधिकारी आचार्य आतुर भएको बताउनुभयो। मोदी गाउपालिकाका उपाध्यक्ष विमल लामिछानेले फोहोर व्यवस्थापनमा गम्भिर भएको बताउनुभयो। मोदि गाउपालिकाका अध्यक्ष हिरादेवी शर्माले प्रहरी र समुदाय बिचको समन्यन जरुरी रहेको बताउदै विकृति विसङ्गतिहरुबाट टाढा रहने वातावरण मिलाउने तयारी भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यलय पर्वतका प्रमुख मधुसुधन न्यौपानेले नागरिकको काम र कार्वाहिमा ध्यानदिने बताउनुभयो । ट्राफिक नियमको पालना गर्न न्यौपानेले आग्रह गर्नुभयो। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतले यस आर्थिक बर्ष मा सम्पादन गरेको मुख्य ,मुख्य कामको विवरण प्रहरी निरिक्षक अविनाश दिप जि.सी. ले प्रस्तुत गर्नु भएको थियो । उपस्थित सहभागीहरुले कार्यक्रममा प्रहरीले गरेका काम सम्बन्धि गुनासो तथा प्रहरी कार्यको सम्बन्धमा सुझाव सल्लाह राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *