पर्वतमा विपन्न परिवारलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण अभियान सञ्चालन

पर्वत जिल्ला स्थित लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट टु्«पको संयुक्त आयोजना तथा कुस्मा नगरपालिका वडा नं ७ को सहकार्यमा न्यानो कपडा संकलन तथा वितरण कार्यक्रम अभियानको शुरुवात भएको छ । चिसोका कारण गरिब, विपन्न र दलित समुदायका नागरिकहरु प्रभावित बनेका छन् । चिसो मौसमवाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको हो । शुक्रवारदेखि बजारका उद्योगी, व्यावसायी तथा अन्य बासिन्दाहरुसँग पुराना र सफा कपडा संकलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएकोमा एकैदिन झण्डै २ सय जनाले न्याना कपडा पाएका छन् । एक सय ५० जनाले प्रत्यक्ष रुपमा उपस्थित भएर आफुलाई र कतिपयले परिवारका अन्य सदस्यलाई समेत कपडा लगेको लायन्स क्लव अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताउनुभयो ।

नमुना स्काउट मास्टर जलन खत्रीले जाडो मौसममा आर्थिक अभाव कमजोर भएका बिपन्न असाहाय व्यक्तिहरुलाई चिसोबाट सुरक्षित राख्न क्लब र नमुना स्काउट टु्«पको संयुक्त आयोजनामा न्यानो कपडा संकलन गरि बितरण गर्ने अभियान थालनी गरेको बताउनुभयो । जिल्ला समन्य समितिका प्रमुख मनोहर वि पौडेलको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा संकलन तथा वितरण कार्यक्रममा लायन्स ,समाजसेवी र उद्योगिहरुले समेत खुल्ला हृदयले सहयोग गरेको कुश्मा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । यहाँ समुदायका धेरै परिवारहरु आर्थिकरूपमा विपन्न भएकोले चिसो बढेसँगै समस्यासँग जुध्नुपरेको र जाडो महिना भरी यस अभियान सञ्चालन गरीेने नमुना स्काउट मास्टर सञ्जय जैसीले बताउनुभयो । अभियानमा सिरक, डसना, स्वीटर, ज्याकेट, ब्लांकेट, कुर्ता, सुरवाल, टोपी, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजा लगायत लगाउने र ओढ्ने ओछ्याने कपडाहरु समेत संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *