पर्वतका सबै स्थानीय तहको मतगणना शुरू, जलजला १ बाट एमालेले खाता खोल्यो

पर्वत ।

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना शुरु भएको छ ।

जलजला र पैंयू  गाउँपालिकामा बिहानैदेखि र कुस्मा नगरपालिका सहितका अन्य ५ तहको मतगणना भर्खरै मात्र शुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ ।

पछिल्लो जानकारी अनुसार जलजला गाउँपालिकमा  नेकपा एमालेका लाल बहादुर अधिकारीले ३१२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजु आचार्यले १९७ मत प्राप्त गर्नुभएको छ ।

जलजला गाउँपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेदवार जग बहादुर रोकाको प्यानल नै बिजयी भएको छ ।

त्यस्तै पैयूँ गाउँपालिकामा नेपाली नेपाली काँग्रेसका राज मल्ल ठकुरीले १५९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकतम प्रतिद्वन्दी महेन्द्र श्रेष्ठले १३२ मत प्राप्त गर्नुभएको छ ।

अन्य तहहरु मध्ये फलेवास, कुश्मा, मोदी, बिहादी र महाशिलामा भर्खरै मात्र मतगणना शुरु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *