पर्वतको मल्लाजमा गए राती एक दम्पतीको हत्या

पर्वत

जिल्लाको जलजला गाउँपालिका वडा नं २ मल्लाजकाे दहमा गए राती एक दम्पतीकाे हत्या भएको छ ।

अज्ञात समुहले अठसठ्ठी बर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती कमला जिसीकाे घर भित्रै हत्या भएको अवस्थामा मंगलबार विहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियाे । घटनाको वारेमा जानकारी पाए लगत्तै स्थानीय जनप्रतिनिधि र प्रहरीकाे टाेली अहिले घटनास्थल पुगेकाे छ ।

घटनाको  विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *