पर्वतमा आज रातीवाट स्मार्ट लकडाउन ,मेला महोत्सव गर्न रोक

पर्वत-।

पर्वत जिल्लामा आज रातीवाट स्मार्ट लकडाउन गरिने भएको छ । कोरोनाको तेस्रो लहर तथा ओमिक्रोनको संक्रमण बढ्दै गएपछि जिल्लामा संक्रमण फैलन नदिनका स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न लागि स्मार्ट लकडाउन गरिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा मंगलवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले पुस ३० गते राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लकडाउन गर्ने आदेश जारी गरेको हो । भौतीक रुपमा २५ जना भन्दा बढि उपस्थित भई हुने सवै प्रकारका तालिम, गोष्ठि, सेमिनार, सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला जात्रा, मेला महोत्सव गर्न रोक लगाउने, खोप केन्द्रहरुमा नियमित खोप अभियानलाई प्रभाकारी बनाउने, जिल्लाका सवै स्थानीय तहमा निशुल्क एन्टीजेन टेष्ट बुथ स्थापना गरि कोभिड परिक्षणलाई तीब्रता दिने निणर्य समेत कोभिड व्यवस्थापन समितिले निणर्य गरेको छ ।

माघ ७ गतेदेखि सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड खोप कार्ड अनिवार्य रुपमा देखाउने व्यवस्था गर्ने, विद्यालयहरुको हकमा शिक्षा मन्त्रालयको निर्देशन अनुसार पालना गर्ने निणर्य समितिले गरेको छ ।

उद्योग, कलकारखाना, व्यापार, व्यावसाय, बैंक, वित्तिय संस्थाहरु, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्ने सुनिश्चितता गरी संचालन गर्ने, सार्वजनिक तथा निजि सवारी साधनहरुमा चालक र सहचालक तथा सवै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाईने, स्यानीटाईजरको व्यवस्था गर्नुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमण गर्नुपर्ने आदेशमा उल्लेख छ । । पर्वतमा अहिले ७ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *