पर्वतमा सम्पन्न जिल्ला स्तरीय पुरुष भलिबल छनौट खेलको उपाधि स्याङ्जालाई , महिला तर्फ म्याग्दी विजयी 

पर्वत ।

पर्वतमा सम्पन्न अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ ।

बिहीवार सम्पन्न फाईनल खेलमा पर्वत भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट २५/२७, दोस्रो सेट २५/२७ ले स्याङ्जाले जितेको थियो भने तेस्रो सेटक २२–२५ ले पर्वतले जितेको थियो । त्यसैगरी चौथो सेटमा पुनः स्याङ्ले २२/२५ को अन्तरमा जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।

यो सँगै पर्वत भलिवल संघ उपबिजेताबनेको छ  भने प्रतियोगितामा तेस्रो म्याग्दी भलिबल संघ बनेको छ । यो प्रदेशको छनौट खेल समेत हो । उपाधिसँगै स्याङ्जाले नगद रु. ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु.५० मेडल र प्रमाणपत्र तथा म्याग्दीले रु.३० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति पर्वतले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा जिल्लाले भाग लिएका थिए ।

यसैगरी खुल्ला महिला भलिवल छनौट खेलतर्फको उपाधि म्याग्दीले हात पारेको छ । म्याग्दी र पर्वतबीच भएको फाईन खेलमा ३–०को सोझो सेटमा म्याग्दीले उपाधि हात पारेको हो । महिलातर्फ कास्कीको समुह तेस्रो बनेको छ ।

उपाधिसँगै म्याग्दी भलिबल संघले नगद रु. ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु.५० मेडल र प्रमाणपत्र तथा कास्कीले रु.३० मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *