मोदीमा आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, जन आदर्श बोर्डिङ लगातार तेस्रो पटक विजयी

पर्वत ।

मोदी गाँउपालिकाको आयोजनामा आधारभूत तह (१-५) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। हाजिरीजवाफ प्रतियोगितामा १३ विद्यालयहरु सहभागी भएकोमा प्रथम  जन आदर्श अंग्रेजी बोर्डिङ स्कुल, द्वितीय सृजना बोर्डिङ स्कुल,तृतीय सरस्वती माध्यमिक विद्यालय र सान्त्वना नवज्योती थम मावि भएका छन् ।

पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा लगातार तीन बर्ष सम्म जन आदर्श बोर्डिङ स्कुल प्रथम भई विद्यालयको गरिमा उच्च बनाउन सफल भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी,वडा नम्वर ६का वडाध्यक्ष दिपेन्द्र जंग लामिछाने, समाजिक विकास शाखा प्रमुख दिनेश शर्मा,शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्री, प्राविधिक सहायक सुरेश रिमाल ,शिक्षक,विद्यार्थी अभिभावकहरुको उपस्थिति रहेको थियो । डिमुवा आधारभुत विद्यालय मोदी ६ डिमुवामा प्रतियोगिता सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *