पर्वत धार्मिक तथा सहासिक पर्यटनको गन्तव्य–अर्थमन्त्री शर्मा

पर्वत-।

नेपाल सरकारका अर्थमन्त्री जनर्दन शर्मा प्रभाकरले पर्वत जिल्ला धार्मिक तथा सहासिक पर्यटनको गन्तव्य भएको बताएका छन् । उद्योग वाणिज्य संघ पर्वतको ४६औ स्थापना दिवस तथा ३९ औ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा विहिबार कुश्माबजारमा बोल्दै मन्त्री शर्माले पर्वत जिल्ला धार्मिक तथा साहसिक पर्यटनको फड्को मार्दै गएकोले आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने बताएका हुन् ।

एमसिसि बारे बाल्दै अर्थमन्त्री शर्माले देशको समस्याको रुपमा रहेको एमसिसि राष्ट्रिय समस्या भएकाले योसमस्या राष्ट्रियरुपमै समाधान गरिनुपर्ने बताए । शर्माले राष्ट्रियता स्वधिनता, राष्ट्रिय स्वभिमान केन्द्रमा राखेर राष्ट्रिय सहमतिमा जानुपर्ने धारणा राखे । उनले मेरो गोरुको बाह्रै टक्का भनेर कुनै समस्या समधान नहुने बताउदै यसले राजनितिपार्टि भित्रै विभाजन अवस्था सृजनाहुदै गएको बताए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माले पर्वत र बाग्लुङ्ग लाई झोलुङ्गेपुलले मात्रै होईन मोटररेवल पुलले जोड्न आवश्यक रहेको र यसमा साथ दिन आफु  हरदम तयार रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *