पर्वत साहित्य संगम द्वारा सात जना सर्जकलाई पुरस्कार वितरण

पर्वत।

पर्वत साहित्य संगमले आफ्नो मातहत रहेका विभिन्न विधाका ७ पुरस्कार वितरण गरेको छ । साहित्य संगमले कुश्मामा आज गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरेको हो ।

धौलागिरि क्षेत्रभित्र जन्मेर साहित्य कला संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने ७ जना सर्जकहरूलाई साहित्य संगममा स्थापित पर्वत साहित्य संगम साहित्य पुरस्कार,मान पदम स्मृति साहित्य पुरस्कार,डिल्ली राधा साहित्य पुरस्कार,नमुना शिक्षा तथा साहित्य पुरस्कार, गोपीनन्द स्मृति साहित्य पुरस्कार,संस्कृति साहित्य पुरस्कार र कृष्णा उद्योग साहित्य पुरस्कार वितरण गरिएको संगमका अध्यक्ष डी आर शर्माले जानकारी दिनुभयो ।

यस वर्षको पर्वत साहित्य संगम साहित्य पुरस्कार पर्वतका साहित्यकार संगमका पूर्वअध्यक्ष इन्द्रमान खत्रीलाई नगद रु १५ हजार दोसल्ला र सम्मान पत्र,नमुना शिक्षा तथा साहित्य पुरस्कार बागलुङका साहित्यकार याम बहादुर ढुङ्गाना केसीलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र,डिल्ली राधा साहित्य पुरस्कार तथा सम्मान भूपी स्मृति थाक पुस्तकालय मुस्ताङलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र, मान पदम स्मृति साहित्य पुरस्कार तथा सम्मान पर्वतका साहित्यकार गणेश कुमार जिसीलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र, गोपीनन्द स्मृति साहित्य पुरस्कार पर्वतका साहित्यकार टुकनाथ रेग्मी वेलुरामलाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र, यस्तै कृष्णा उद्योग साहित्य पुरस्कार तथा सम्मान म्याग्दीका साहित्यकार गणनाथ पौडेललाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र, संस्कृति साहित्य पुरस्कार तथा सम्मान पर्वतका स्वर्गीय गीतकार तथा कुशल सर्जक मान जी सुरागम मरणोपरान्त नगद रु १० हजार दोसल्ला र सम्मान पत्र सहित प्रदान गरिएको छ । पुरस्कार विअतरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले साहित्य समाजको ऐना रहेको बताउनुभयो । साहित्यको अनुराग मर्न नदिन पर्वत साहित्य संगम लाई धन्यबाद दिनुभयो । पछिल्लो समय प्रविधिको विकासले साहित्यको मर्म गुम्ने खतरा समेत रहेको भन्दै जोशीले साहित्यको मुलमर्म लाई जोगाएर राख्नुपर्ने दायित्व हामी सबैको भएको बताउनुभयो । नगरप्रमुख जोशीले साहित्यको विकासका लागि आफ्ना स्वर्गीय वुवा बलबहादुर जोशीको स्मृतिमा र आमा केशकुमारी जोशी ८४ वर्ष पूरा गरेको उपलक्ष्यमा पर्वत साहित्य संगम मातहत रहने गरि ५१ हजार राशीको अक्षयकोष बनाउने उद्घघोष गर्नुभयो । कार्यक्रममा पुरस्कृत ब्याक्तित्व इन्द्रमान खत्री, गणनाथ शर्मा, गणेशबहादुर जिसि, टुकनाथ शर्मा बेलुराम, सरलकवी शान्तिनारायण श्रेष्ठ, मुस्ताङका स्रस्टा सुसिलबाबु थकाली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । पर्वत साहित्य संगमका अध्यक्ष डिआर शर्माको अध्यक्षता भएको कार्यक्रमको स्वागत उपाध्यक्ष खेमराज शर्मा चापागाईंले गर्नुभएको थियो भने सन्चालन सचिव गोकुल शर्माले गर्नुभएको थियो । कार्यक्रममा धन्यबाद मन्तब्य पर्वत साहित्य सङगमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले ब्यक्त गर्नुभयो । यसैबिच स्रस्टा गणेश जिसिले आफुले पाएको पुरस्कारको राशी १० हजारमा ४० थपेर पर्वत सहित्य संगम मातहत रहने गरि आमा डिलकुमारी जिसिको नामबाट ५० हजार रुपैयाँको अक्षयकोष बनाउन रकम हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *