राष्ट्रिय स्वतन्त्र पार्टी मोदीको सभापतिमा रुद्र प्रसाद शर्मा चयन

मोदी, पर्वत।

राष्ट्रिय स्वतन्त्र पार्टीको मोदी गाउँपालिका समितिको सभापतिमा रुद्र प्रसाद शर्मा चयन हुनु भएको छ । आज सोमबार पातिचौरमा बसेको बिस्तारित बैठकबाट शर्माको नेतृत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा सन्तु गुरुङ र सचिवमा रत्न बहादुर के सि चयन हुनु भएको छ । त्यसैगरी उक्त समितिको अन्य सदस्यहरुमा वेल बहादुर क्षेत्री, सुरज लामिछाने , राजबिर पौडेल , योगेन्द्र लामिछाने र राजेश पुन रहनु भएको छ ।

समितिको सल्लाहकारमा समाज सुवेदी र श्याम विर सिंह खड्का चयन हुनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *