पर्वत।
जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा पिङ खेल्ने क्रममा लडेर एक युवाको मृत्यु भएको छ । पिङ बाट लडेर पाङस्थित ततरकोटका स्थानीय २४ वर्षीय संजय परियारको मृत्यु भएको हो ।
मंगलबार साँझ करिब ५ बजेको समयमा पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो । लगत्तै उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक रविन विष्टका अनुसार लिङ्गे पिङमा मच्चिने क्रममा हात फुस्किएर भूईमा बजारिँदा उनी गम्भिर घाईते भएका थिए । मृतकको शब पोष्टमार्टमपछि आफन्तले बुझेका छन् ।