देउपुरमा आश्विन २४ गते तेस्रो कालिका भगवती दर्शन धावन उत्सव हुँदै 

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा विजया दशमीको अवसरमा फूलपातीका दिन सात किमी लामो खुल्ला दौड प्रतियोगिता हुने भएको छ । देवपूरकोट कालिका तथा भंवरकोट धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पातिचौर बजार देखि कालिका भगवती मन्दिर कोटमैदान सम्म करिब ७ किलो मीटर लामो खुल्ला .”कालिका भगवती दर्शन धावनउत्सव” नामक दौड प्रतियोगिता हुन लागेको हो ।

उक्त कार्यक्रममा प्रथम ,द्वितीय, तृतीय r सान्त्वना हुने खेलाडीहरुलाई क्रमशः दशहजार, सात हजार, पाँच हजार र दुई हजार रुपैयाँ नगद पुरस्कारसहित फूलमाला ,खादा ,अविर र प्रमाणपत्रका साथमा पञ्चेबाजाद्वारा सम्मान गरिने कार्यक्रम रहेको कोषाध्यक्ष देवेन्द्र गिरीले जानकारी दिनु भयो ।

उक्त खुल्ला दौड प्रतियोगिता आउँदो आश्विन २४ गते बिहीबार फूलपातीको दिनमा दिउसो १ बजे पातिचौर बजारबाट शुरू हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका लागि आवश्यक पर्ने पुरस्कार तथा व्यवस्थापन खर्चकाे लागि देउपुर घर भई हाल अमेरिकामा कार्यरत गोविन्द खड्काले संयोजन गर्नु भएको छ । त्यहाँ कार्यरत युवाहरुले उक्त अभियानमा स्वःस्फूर्त रूपमा साथ दिई रहेको खड्काले जानकारी दिनुभयो । मातृभूमिको कला, संस्कृति र खेलकुदको संरक्षण र बिकासमा आफूहरुले सक्दो सहयोग गरी रहने उहाँले बताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *