पानी संकट : अफगानिस्तानका किसानलाई युद्धभन्दा गाह्रो

काबुल

अफगानिस्तानका किसानलाई ‘गृह युद्ध’भन्दा ठूलो समस्या जलवायु परिवर्तन भएको छ। जलवायु प्रतिकूल हुँदा पानीको हाहाकार भएको हो।

पानीको चरम अभावका कारण अफगानिस्तानको दुर्गम जिल्ला बाला मुर्गबका किसानलाई युद्धभन्दा खतरनाक पीडा भएको समाचार अलजजिराले लेखेको छ।

पश्चिमा मुलुकको समर्थन रहेको सरकारमाथि तालिबानले बलपूर्वक विजय हात पार्‍यो। तालिबानको युद्धसँगै अफगानिस्तानमा अभावको चाङ बढ्दै गइरहेको थियो। अहिले तालिबानले सरकार बनाइसक्दा मानवीय संकट चरम हुन लागेको समाचार बाहिर आएको हो।

अहिले पानीको चरम अभावका कारण कतिपय पशुपालकले आफ्ना चौपाया बेच्न बाध्य भइरहेका छन्। त्यस्तै आमाबुवाले आफ्ना छोरीको सानै उमेरमा विवाह गराइरहेका छन्। उनीहरूले गाँसका लागि विवाहका नाममा आफ्नै छोरीको ‘बिक्री’ गरिरहेको समाचारमा बताइएको छ। स्थानीय किसान हजी रशिद खानका अनुसार उनका २० परिवारले यस वर्ष खानाकै लागि आफ्ना छोरीहरूको उमेर नपुग्दै विवाह गराइदिएका छन्।

अघिल्लो सालदेखि हालसम्म त्यहाँ पानी परेको छैन। पर्याप्त पानी नपर्दा सुख्खा लागेर कतिपय चौपाया मरेका छन्।

तस्बिरमा हेर्नुहोस्, अफगानिस्तानको बाला मुर्गब जिल्लामा देखिएको चरम पानी संकट :

water crisis in afghanistan

अन्नपूर्ण पाेस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *