काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बुधबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।
“निजी शिक्षाको हामी विरोधी होइनौँ,” उनले भने, “सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो ।”
मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका विषयमा आफूले अध्ययन गरिरहेको बताउँदै केही समयमा नतिजामुखी काम देखिने दाबी गरे । उनी भन्छन्, “अहिले शिक्षाभित्रका समस्या, चुनौतीका विषयमा सूक्ष्म अध्ययन गरिरहेको छु । आफ्नो कार्यावधिमा हुन सक्ने काम गर्छु ।”
उनले अहिले मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यविधि बनाउँदै गरेको जानकारी दिए ।