पाल्पामा जीप दुर्घटना, आठ जना यात्रुको मृत्यु

पाल्पा ।

जिल्लाको  तिनाउ गाउँ पालिका वडा नं ६ मस्याम स्थित ईकोफम हाउस नजिकै भित्री कच्ची सडक खण्डमा आज मंगलबार डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसी दुर्घटना भएको छ । सो दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै  प्रहरी परिचालित भई घाइतेहरूको उद्धार गरी घाइते सबैको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ भने प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *