मोदीको जन नेत्र माविमा राष्ट्रिय बाणिज्य बैंकको वित्तीय साक्षरता कक्षा, विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग

मोदी, पर्वत।

जिल्लाको मोदी गाउँ पालिका वडा नं २, देउपुरमा रहेको जन नेत्र माविमा आईतबार  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक लोक प्रकाश पौडेल र सहायक शाखा प्रबन्धक सन्दीप बरालले सहजीकरण गर्नु भएको कार्यक्रममा माध्यमिक तहका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको तर्फबाट विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *