पोखरामा स्कूल बसबाट खसेर बालकको मृत्यू

कास्की ।

पोखरामा स्कूल बसको ढोकाबाट खसेका विद्यार्थीको मृत्यू भएको छ ।

पोखरा २५ हेम्जा स्थित ज्ञानसागर एकेडेमी स्कूलमा यूकेजी कक्षामा अध्यनरत ८ वर्षीय रोमन तामाङको सोही स्कूलको  बसको ढोकाबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जनाएकाे छ ।

विद्यालय छुट्टी भएर विद्यार्थीलाई घर छाड्न छुटेकाे ना१क २३७३ नं. काे बस मंगलबार दिउँसो ३ : २५ बजे दुर्घटना भएकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका बालक तामाङलाई उपचारको लागि पोखराको फिस्टेल हस्पिटल लगिएकोमा चेकजाँचका क्रममा अाधा घण्टामै चिकित्सकले बालकलाई मृत घोषणा गरेको थियाे ।

प्रहरीले बस चालक धादिङ गंगाजमुना -६ घर भइ पोखरा -१ सिमपानी बस्दै आएका ४७ वर्षीय सानोकान्छा थापालाई पक्राउ गरी सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *