शारीरिक शुद्धिकरणका लागि आहार व्यवस्थापन

हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका खानपानले पनि हाम्रो शरीरभित्र यस किसिमको विकार पैदा गर्छ ।

साधारणतय हाम्रो शरीर तन्त्र यी विष संचयनलाई निष्काषित गर्न सक्षम हुन्छ । साथै एक दैनिक प्रक्रियाको रुपमा स्वतः निष्काषित पनि भइरहेको हुन्छ । यद्यपि जसरी ति विषाक्त तत्व एवं विकार शरीरबाट बाहिर निष्कासन हुनुपर्ने हो, त्यसरी भइरहेको हुँदैन । कहिले काहीँ शरीरले पनि यि तत्वको निष्कासन सही ढंगले गर्न सक्दैन ।

यदि हामी शरीरको जैविक घडी अनुसार चल्ने हो र प्राकृतिक जीवनयापन गर्ने हो भने विजातिय तत्व निष्कासित हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउने, योग वा व्यायाम गर्ने । मल त्याग गर्ने, पसिना निकाल्ने गर्नुपर्छ । यावत् विधी शरीरलाई शुद्धिकरण गर्नमा सहायक हुन्छ ।

आयुर्वेदको अवधारणा केही अलग हुन्छ । यदि तपाईंले सही खानपान गर्नुभयो भने शरीर शुद्धिकरण विधी धेरै सहज र प्रभावकारी हुन्छ ।

यस प्रक्रियालाई कति समयमा दोहो¥याउने त ? यो तपाईंको शरीरमा संचित विषाक्त पदार्थमा निर्भर गर्छ । साधारणतय यसलाई हरेक तीन महिलापछि एक पटक गर्नुपर्छ । कतिपय व्यक्तिका लागि भने वर्षमा एक पटक गर्दा पनि पर्याप्त हुन्छ ।

शुद्धिकरण आहार दुई प्रकारको हुन्छ । यसमा पहिलो आहार साधारणतय सबै मान्छेका लागि लाभदायक हुन्छ । एवं यो आहार सबै व्यक्तिले लिन सक्छन् ।

दोस्रो आहार, मान्छेको शरीरमा उपस्थित विजातिय पदार्थको मात्रा वा शरीरको कुन अंगमा त्यो जमेर बसेको भन्ने कुराले निर्धारण गर्छ । यसका लागि व्यक्तिको शरीरको प्रकृति (वात, कफ, पित)लाई पनि ध्यानमा राखिन्छ । एक आयुर्वेदिक चिकित्सकले नाडी परीक्षण एवं अन्य जाँचबाट यो कुरा पत्ता लगाउन सक्छन् ।

जीर्ण रोगले ग्रस्त व्यक्तिका लागि एक साधारण भोजन शैलीले लाभ हुँदैन । उनीहरुका लागि विशेषज्ञद्वारा एक विशिष्ठ आहार तय गरिन्छ । विषाक्त पदार्थ निष्कासनका लागि एक उपचार पद्धती हुन्छ, जसलाई पञ्चकर्म भनिन्छ । यस पद्धतीमा विभिन्न आहार सम्मिलित गरिन्छ । यद्यपि यसमा आहारभन्दा धेरै संचित मल निष्कासनमा जोड दिइन्छ । मधुमेह रोगीले चाहि यस आहार प्रणाली अपनाउनुअघि चिकित्सकसँग परामर्श गरेको राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *