बागमतीलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

१५ माघ, काठमाडौं । साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *