बागलुङ ।
जिल्लाको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा मृतकको संख्या आठ पुगेको छ । दुर्घटनामा घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार दुर्घटनामा मृत्यु भएका सात जनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ ।मृतकको सनाखत हुन सकेको छैन ।
रुकुम पूर्वबाट काठमाडौँका लागि जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।
घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएकाे छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।