पर्वत।
जिल्लाको मोदी गाँउपालिकाले विविध विधाहरुमा उत्कृष्ट व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै सातौँ स्थापना दिवस शनिबार मनाएको छ । पालिकाले आर्थिक बर्ष २०७९र८० मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, उद्धमी तथा कृषक ज्येष्ठ नागरिक,अपांङ्गहरुलाई नगद पुरस्कार र सम्मान पत्रले सम्मान गरेको हो ।
कर्मचारी तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने नगेन्द्र सुबेदी (सहायक चौथो),कमल पौडेल (वडा सचिव),दिपा सुबेदी कुवर (सव–इन्जीनियर),ओमकार सार्की (वडा सचिव) स्वास्थ सेवा तर्फ गोकुल प्रसाद अधिकारी (जनस्वास्थ्य निरिक्षक) बाजुंग स्वास्थ्य चौकी, संञ्चिता चौधरी सि.अनमी चित्रे स्वास्थ चौकी, बेल प्रसाद सुबेदी (कार्यालय सहयोगी) क्यांग स्वास्थ चौकी, सुशिला कुवर महिला स्वास्थ स्वयंसेविका, स्वास्थ्य विमा कर्ताबाट पदम कुमारी मल्ल सम्मानित हुनु भएको हो ।
त्यसै गरी शिक्षा तर्फ भूमिराज शर्मा जननेत्र मा वि, राज पौडेल नवजागृत मावि, मालती फकामी पुन प्रधानाध्यपक गुरुङगाउँ आवि ,सदिक्षा पौडेल सरस्वती मावि ,लक्ष्मी बराल लम्साल डिमुवा आ वि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्का विध्याज्योती आबि, उत्कृष्ट सामुदायिक विद्यालय तर्फबाट नवजागृत मा वि मोदी ६ तिलाहारलाई सम्मान गरिएको छ ।
त्यसैगरी सम्मानित हुनेहरुमा उधमी तर्फबाट भद्रकला पुन मोदी ३ देउराली ,कृषि ब्यबसाय तर्फ पुजन देबी गिरि मोदी ५, पशुपालन ब्यबसाय तर्फ बेद प्रसाद तिमिल्सिना मोदी २ देउपुर,जेष्ठ नागरिक तर्फ ९९ बर्षका नन्दलाल पाध्या महिला जेष्ठ नागरिक तर्फ १०३ बर्षका श्री कुमारी गुरुङ अपांगता तर्फ डिल बहादुर दर्जी मोदी २ देउपुर रहेका छन् ।
सोही अवसरमा साझेदारी संस्था तर्फ नवचेतना सामुदायिक विकास केन्द्र , जिभाए नेपाल,चिल्ड्रेन नेपाल,वन हर्ट वोल्र्ड वाईड, निक साईमन इन्स्टिच्युट ,सोडेक नेपाल,खुर्कोट युवा क्लब साथै जिल्ला स्तरीय राष्ट्रपति रंगिन शिल्डमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान पत्रले सम्मान गरीएको हो ।
जिल्ला स्तरीय राष्ट्रपति रंनिङ शिल्ड प्रत्योगितामा दोहोरो स्वर्ण पदक प्राप्त गर्न सफल नवजागृत मा वि का छात्रा सजिना लामिछाने र नव ज्योति थम मा वि का दिपिका शर्मालाई स्थानीय विद्यालयमा कक्षा १२ सम्मको अध्ययनका लागि छात्रवृतिको व्यबस्था मिलाउने तयारी समेत रहेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिरा देवी शर्माले संघियताको व्यवस्था यहाँ सम्म ल्याउन योगदान पुर्याउनु हुने सम्पूर्ण प्रती धन्यबाद व्यक्त गर्दै स्थानिय सरकार सदैव जनताको हकहितका लागि रहने बताउनुभयो । त्यसै गरी गाउँपालिका उपाध्यक्ष विमल लामिछानेले कार्यक्रमको अवसरमा सम्मानित सम्पुर्णलाई बधाई दिदै जनताको लागि कर्मचारी र जनप्रतिनिधिहरुले हातेमालो गर्दै समृद्ध मोदीको परिकल्पनालाई साकार गर्न अघि बढेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले गर्नुभएको हो । सो कार्यक्रममा नेकपा एमालेका तेज बहादुर क्षेत्री, माओबादी केन्द्रका कृष्ण सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र प्रसाद तिमिल्सिना, जनता समाजवादी पार्टीबाट देवी लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
सोही अवसरमा सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण प्रशिक्षण पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा पालिकास्तरका विभिन्न राजनीतिक दल, स्थानीय बासिन्दा तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
