बागलुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ ।
बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या गरेको जनाएको छ । होटलमा पसेका पौडेल र होटल सञ्चालक आशा कुँवरका आमा छोरा बीच बिबाद हुँदा टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुमान छ ।
टाउकोमा चोट लागेर बेहोस भएका पौडेल भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली भान्छा कोठामा लुकाई राखेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । होटल सञ्चालक ५१ बर्षिया आशा कुँवर र उनका छोरा २० बर्षिये बिनोद कुँवरलाई पक्राउ गरिएको खड्काले बताए ।
