काठमाण्डौ ।
बिहीबार देखि मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिन सक्ने भन्दै शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन अपील गरेको छ ।जुनसुकै बेला खोखिम निम्तिसक्ने भन्दै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो ।
बिहीबारदेखि आइतबारसम्म मनसुन सक्रिय हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरिसकेको छ।
अत्याधिक वर्षाका कारण बाढी, पहिरो र भू-क्षयको जोखिम हुने अवस्था रहेको छ छ। ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।