पर्वत ।
जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुर, पातिचौरमा रहेको पार्बती युवाक्लबले आउँदो मंसिर १७ गते बालाचतुर्दशी पर्वको अवसरमा मेलाको आयोजना गरेको छ । क्लब द्वारा बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । उक्त मेलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागीता जनाउन क्लबले देश तथा बिदेशमा रहनु हुने भक्तजन,खेलप्रेमी,खेलाडी,कलाकार समाजसेबि, बुद्धिजीवी, पत्रकार,सुरक्षाकर्मी लगायत जनसमुदायहरुमा सहभागीताको लागि अनुरोध गरेको छ ।
क्लबका अध्यक्ष समिर मल्लले दिएको जानकारी अनुसार खुला पुरुष भलिबल प्रतियोगिता, प्रौढ भलिबल, घैटो फुटाउने, छेलो हान्ने, रसी तान्ने प्रतियोगिताहरु संचालन हुनेछन् । पुरुष खुला भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ८१ हजार नगद, शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष मल्लले बताउनु भयो । त्यसैगरी द्धितीय पुरस्कार ४३ हजार र तृतीय पुरस्कार २१ हजार रहेको छ ।
उक्त मेलामा खेलकूदका अतिरिक्त स्थानीय तथा राष्ट्रिय कलाकारहरु द्धारा बिबिधि सांस्कृतिक प्रस्तुतिहरु रहने क्लबका सचिब बिज्ञान हमालले जानकारी दिनुभयो । सोही अबसरमा बाजागाजासहित स्थानीय मोदी र पातीखोलाको संगममा तोरण तार्ने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।
