बालाचतुर्दशी पर्वमा विभिन्न धार्मिक स्थलहरूमा श्रद्धालुहरूको घुँइचो : शतबीज छर्ने र तोरण तार्ने कार्य सम्पन्न

पर्वत ।

आज मार्ग कृष्ण पक्षको चतुर्दशी अर्थात् बालाचतुर्दशी पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा शतबीज छरेर मनाइएको छ । शतबीज छर्न देशभरका शिवालयमा भक्तजनको भीड लागेको थियो ।

श्रद्धालुहरू चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी शतबीज छर्ने गर्दछन् । शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमलालगायत फल र विभिन्न किसिमका फूल हुन्छन् ।

पर्बतका पञ्चासे, डहरे देउराली, सेतिबेनी, गुप्तेश्वर गुफा, महाशिला, मोदी लगायतका स्थानहरुमा शतबीज छर्न श्रद्धालुहरूको भीड लागेको थियो ।

यसैबीच मोदी गाउँपालिकाकाे पातिचौरमा मोदी नदीमा बाजा गाजा, भजन कीर्तन सहित तोरण तार्ने कार्य सम्पन्न भएको छ ।

बाला चतुर्दशी पर्वको अवसरमा मोदी गाउँ पालिकाले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *