भिजिट भिसा प्रकरणलाई अगाडि बढाउने सरकारको निर्णय

काठमाडौँ।

सरकारले भिजिट भिसा प्रकरणलाई अगाडि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भन्नुभयो, ‘अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समिति– २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *