भीषण वर्षासँगै आएको पहिरोले देउपुरमा छ घर पुरिए, जरुवा र सोताको बस्ती नै जोखिममा

पर्वत ।

गए रातीको भीषण वर्षा सँगै आएको पहिरो र बाढीले मोदी गाउँ पालिकाका विभिन्न स्थानहरूमा ठूलो क्षति पुर्याएको छ । गाउँ पालिकाको वडा नं २, देउपुरकाे जरुवामा आएको बाढीले छ वटा घरहरू पुरिएको स्थानीय प्रेम चापागाईले जानकारी दिनु भयो ।

पहिरोले नबराज विक, इन्द्र विक, सिता परियार, सुमिज विक, जमुना परियार, शान्ता विक, शोविता विक र पार्वती विकको घर पहिरोले पुरिएको हो । केहि परिवारले पहिलेनै घरका सामाग्री अन्य सारेका कारण क्षति कम भएपनि अधिकांस परिवारका सामान तथा खाद्यान्न पुरिएको छ ।

त्यसैगरी वडा नं ६ तिलाहार काे सोतामा बस्ती माथिबाट आएको बाढीले चारओटा घरमा क्षति पुर्याएको छ । स्थानीय भाेलानाथ शर्मा,गजेन्द्र बहादुर के सि,तेजनाथ पाैडेल, गँगा के.सि लगायतकाे घरमा क्षति पुगेको हो । बाढीले सो स्थानको धान खेत समेत पुरेको स्थानीय शिक्षक किशोर पौडेलले जानकारी दिनु भयो ।

बाढीले पुरै बस्ती नैं जोखिममा परे पछि सामानहरू निकालेर अन्यत्र छिमेकी र आफन्तकोमा बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेले बताउनु भयो । “तत्काल सुरक्षित स्थानमा सार्ने काम मात्र भएको छ। बाढी आउने क्रम रोकिएको छैन ।” वडाध्यक्ष लामिछानेले भन्नुभयो ।

त्यसैगरी वडा नं ६ काे देउराली, वडा नं २ काे मख, गैराथोक, बासकोट, वडा नं ३ काे माझ गाउँ लगायतका स्थानहरूमा पहिरोले क्षति तथा बस्तीलाई नै जोखिम बढाएको छ । वडा नं २ काे प्रभावकारी आधारभूत विद्यालयको चार कोठे भवन पुरिएको छ भने स्वास्थ्य चौकी जोखिममा परेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *