मध्य मोदी जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको करेण्ट लागेर मृत्यु

पर्वत ।

पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधिन मध्य मोदी जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको करेण्ट लागेर मृत्यु भएको छ ।

आयोजनाको पावर हाउस भित्र रहेको पानी तान्ने पम्प चलाउने क्रममा अचानक करेण्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा साविक घर भई हाल कास्कीको अन्नपुर्ण गाउँपालिकामा बस्ने ३२ वर्षिय गंगाबहादुर नेपाली रहेका छन् ।

करेण्ट लागेपछि पावर हाउस भित्र रहेको पानीको तालभित्र डुवेको र अहिलेसम्म शव नभेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । शव खोजीगर्नका लागि प्रहरी, शसस्त्र र गोताखोर टोली समेत परिचालन गरिएको छ ।

अहिलेसम्म शव नभेटिएको पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *