मोदीमा चार दिनसम्म चेतनामुलक सडक नाटक प्रदर्शन

पर्वत ।

जातिय भेदभाव तथा छुवाछुत, लैङ्गिक हिंसा, वाल विवाह, धूम्रपान, मद्यपान, दाइजो लगायतका विभिन्न सामाजिक समस्या विरुद्द चेतनामुलक सडक नाटक माेदी गाउँपालिकाका बिभिन्र वडाहरूमा प्रदर्शन गरिएको छ । मोदी गाउँपालिकाको आयोजना,भाईब्रेसन मिडियाको संयोजन र माेदी दलित सञ्जालकाे समन्वयमा ४ दिनसम्म सञ्चालन गरिएको कार्यक्रम आइतबार सम्पन्न भएको हो  ।

कार्यक्रम अवलोकन गर्दै गाउँपालिका अध्यक्ष प्रेम शर्मा पाैडेलले समाजको सकारात्मक रुपान्तरणका लागी यस्ता कार्यक्रमहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । पालिकाको विकास र समृद्धिका कार्यहरुसँगै गाउँपालिकाले नागरीककाे चेतना अभिवृद्धिका लागि विविध कार्यक्रमहरू गर्दै आइरहेकाे उहाँले बताउनुभयो ।

 

कलाकारहरुको टोलीले मोदी गाउँपालिकाको भुक, देउपुर, देउराली, लेस्पार, बाजुङ, तिलाहार, राम्जा, चित्रे र पातीचौर बजार क्षेत्रका २ स्थान गरी जम्मा १० स्थानमा सडक नाटक प्रदर्शन गरेको थियो ।

गाउँपालिकाभित्र यस्ता विभिन्न सामाजिक विकृति अझै पनि बाँकी रहेकाले यसलाई रोक्न सचेतनामूलक नाटक प्रदर्शन गरिएको प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले बताउनु भयो ।

नाटकलाई चाख मानेर दर्शकले हेर्ने र प्रभावकारी सञ्चार हुने महसुस गरि सचेतनाका लागी नाटक रोजिएको बताउनुभयो ।जातिय विभेद तथा छुवाछुत, लैङ्गिक हिंसा,बालविवाह देखी धुम्रपान, मद्यपान र लागू पदार्थ दुव्र्यसनी विरुद्ध सचेतना जोगाउन नाटक प्रदर्शन गरिएको मोदी दलित सञ्जालका संयोजक चन्द्र बिकले जानकारी दिनुभयो । 

भाईब्रेशन मिडिया मार्फत कलाकारहरुको टोलीले नाटक प्रदर्शन गरेको थियो । टोलीमा बिष्णु गैरे,सुरेस असिम, राजु श्रेष्ठ,दिपिका थापा,रोहानी लामा र दिपेन्द्र पाण्डेको सहभागिता रहेको थियो ।  

विभिन्न स्थानमा प्रदर्शनी गरिएका नाटकहरुमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आमदर्शकहरुबाट नाटक अत्यन्तै प्रभावकारी रहेको प्रतिक्रिया प्राप्त भएको बताइएको छ ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *