महिला स्वयम् सेबिकाहरुलाई दराज वितरण

पर्वत।

मोदी गाउपालिका २ नं वडा कार्यालय देउपुर मार्फत महिला स्वास्थ्य स्वयंसेविका हरुलाई दराज वितरण गरिएको छ । आ.व. २०८०/०८१ को लागि स्वीकृत महिला स्वास्थ्य स्वयम् सेविका प्रोत्साहन कार्यक्रम अन्तर्गत विनियोजित बजेट एक लाख रुपैयाँ बाट  वडामा रहेका ९ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई दराज वितरण गरिएको हो ।

महिला स्वास्थ्य स्वयम् सेविकाहरुले मासिक प्रगती विवरणको फाइल, स्वास्थ्य आमा समुहको बैठक रजिस्टर लगायत विभिन्न कागजपत्र र विभिन्न समयमा सञ्चालन हुने भिटामिन ए खुवाउने, जुकाको औषधि लगायत औषधि र सामानहरु सुरक्षित राख्ने प्रयोजनका लागि दराज वितरण गरिएको वडाध्यक्ष बेल बहादुर कार्कीले जानकारी दिनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *