पर्वत ।
शिक्षा विकास तथा समन्वय इकाइ पर्वतको आयोजनामा विधालय लेखापालन तथा सार्वजनिक खरिद सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। तालिममा माध्यमिक तहका लेखा कर्मचारी तथा आधारभुत तहका प्रधानध्यापक गरी २० जनाको सहभागितामा तालिम सञ्चालन भएको हो। समापन कार्यक्रमका प्रमुख अतिथि तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले विद्यालयको आर्थिक पारदर्शिता, आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा विद्यालयले झेलिरहेका विविध समस्याहरुको निराकरणका लागि तालिमले धेरै सहयोग पुर्याउने र तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सुझाव दिनुभयो ।
तालिममा सहभागि शिक्षक ,लेखा कर्मचारी र प्रधानध्यापकहरुले तालिम निकै नै प्रभावकारी रहेको बताउदै आर्थिक पक्षलाई पारदर्शी बनाउन आगामी दिनमा सहज हुने बताए । तालिमको प्रशिक्षण कोष नियन्त्रक गुरुदत्त शर्माले दिनुभएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वत र शिक्षा युवा तथा खेलकुद उपशाखा मोदी गाँउपालिकाको समन्वय,सहजिकरणमा तालिम सञ्चालन भएको हो ।
नवजागृत माविका प्रधानध्यापक बिष्णु प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोदी गाँउपालिका सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले गर्नुभएको थियो। तालिम सञ्चालन नवजागृत मावि मोदी गाँउपालिका ६ तिलाहारमा सञ्चालन भएको थियो ।