जन नेत्रमा बन वातावरण सम्बन्धी स्कुल शिक्षा कार्यक्रम

मोदी, पर्वत।

जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा रहेको जननेत्र माविमा बन वातावरण सम्बन्धी एक दिने स्कुल शिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सब डिभिजन बन कार्यालय मोदी ६ डिमुवाकाे आयोजनामा भएको उक्त कार्यक्रममा कार्यालय प्रमुख ईश्वर गिरी र वनरक्षक राजु पौडेलले सहजीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बन बाट हुने फाइदाहरु, बन तथा वातावरण संरक्षणका तरिकाहरू, बन सम्बन्धी ऐन नियमहरू, जलवायु परिवर्तन, जैविक विविधता, वृक्षारोपण, लगायतका विषयबस्तुमा जानकारी गराइएको थियो । सो कार्यक्रममा विद्यालयको माध्यमिक तहका झण्डै ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *