मोदीको चित्रमा अवैध हतियार फेला

पर्वत

जिल्लाको मोदी गाउँपालिका वडा नं. ८, चित्रेमा अवैध हातहतियार फेला परेको छ।स्थानीय बासिन्दामार्फत अवैध हातहतियार लुकाइछिपाइ राखिएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त हातहतियार फेला पारेको हो।प्रहरीका अनुसार मोदी गाउँपालिका–८ स्थित लतेखोला सामुदायिक वनमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ।

जंगलको जनावर शिकारमा प्रयोग भएको आशंकामा बरामद भएका बन्दुकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको प्रनाउ यादवले जानकारी दिए।उनका अनुसार जंगली जनावरको शिकार गर्नका लागि यसरी अवैध हातहतियारको प्रयोग भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *