मोदीखोला बहुउद्धेशीय सहकारी संस्था लिमिटेडको चौधौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको मोदीगाँउपालिकामा चौध वर्ष अघि स्थानीय कृषक र ब्यबसायीहरुको पहलमा ३९ जना सेयर सदस्यहरु सग १०० देखी १६०० सम्मको दरले १३ हजार सुरु गरिएको सहकारीले आफ्नो चौधौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बार्षिकोत्सबको अवसर पारी पशुपति आधारभूत विद्यालयका जेहेन्दार छात्रा सन्ध्या के.सीलाइ ५००० हजार रकम र शैक्षिक सामाग्री प्रदान गरि उद्घाटन सत्रको सुरुवात गरिएको थियो । मोदी गाँउपालिका अध्यक्ष हिरा देवी शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो ।

संस्थापक अध्यक्ष गंगा तिमिल्सिनाले आफुले धेरै मेहेनेत गरेर उब्जायको सस्था अझ बढी कृषकहरुलाई प्रोत्साहन गरी दुग्ध उत्पादनलाई बढी भन्दा बढी आय स्रोतमा जोड्न पहल गर्नु पर्ने बताउनुभयो । हाल ३२५ शेयर सदस्य र एक करोड २ लाख शेयर पूजी भएको यस संस्थाले पशुपालन,दुग्ध उत्पादन÷बजारीकरण,तरकारी उत्पादन ÷बजारीकरण , ऋण बचत साथै पशु बिमा जस्ता कार्यहरु संचालन गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष बेद प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले यसै वर्ष देखि मोबाइल कोल्ड स्टोर संचालन गर्ने,बृहत सुपथ मुल्य पसल संचालन गरिने,शेयर पूजीँ दुई करोड पुर्याउने ,सुत्केरी प्रोत्साहन कार्यक्रम स्वरूप शेयर सदस्यमध्ये सुत्केरी भएमा दुई हजार रुपौयाँ प्रदान गर्ने, आफ्नो प्रगति प्रतिवेदन मार्फत उल्लेख गर्नुभयो । बर्ष भरीको आर्थिक प्रतिबेदन सस्थाका कोषाध्यक्ष समिर मल्लले प्रस्तुत गर्नुभयो । स्वागत मन्तब्य
सस्थाका सचिव दल बहादुर क्षेत्री राख्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका प्रबन्धक बबिता तिमिल्सिनाले गर्नुभएको थियो ।
