मोदीबेनीबाट कालीगण्डकीले बगाउँदा एक बृद्ध बेपत्ता

पर्वत ।

जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदिले बगाउँदा एक बृद्ध वेपत्ता भएका छन् ।

कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ सल्यान चौतारीका ५६ वर्षिय बम बहादुर भुजेल वेपत्ता भएका हुन् । आफन्तको चौरासी पुजाको फुलपाती कालीगण्डकीमा बगाउनका लागि आएकोमा स्नान र्ने क्रममा एक्कासी नदिले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

आज बिहान साढे ११ बजेको समयमा उनलाई नदिले बगाएको हो । नदिले बगाएको खबर पाए लगत्तै शसस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजी कार्यलाई तीब्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *