मोदीमा जारी राष्ट्रपति रनिङ शिल्डकाे पहिलो दिन फिल्ड तर्फका छ खेल सम्पन्न, यस्तो छ नतिजा

पर्वत ।

मोदीको डिमुवामा जारी राष्ट्रपति रनिङ शिल्डकाे पहिलो दिनका फिल्ड तर्फका छात्र छात्रा लङ जम्प, ट्रिपल जम्प र सटपुट गरी ६ ओटा खेल सम्पन्न भएका छन् ।

प्राप्त नतिजा अनुसार नव जागृत माविले २ स्वर्ण र एक कास्य गरी तीन, जनसिद्ध माविले एक स्वर्ण, एक रजत र एक कास्य गरी तीन, पशुपति माविले एक स्वर्ण र एक रजत गरी दुई , नवज्योति थम माविले एक स्वर्ण र एक रजत गरी दुई,  जन नेत्र माविले १ स्वर्ण हात पारेका छन् ।

त्यसै गरी सरस्वती माविले दुई रजत , हिमालय माविले एक रजत र दुई कास्य, महेन्द्र शिखरी माविले एक कास्य र बाजुङ निमाविले एक कास्य हात पारेका छन् ।

आज बिहिबार ट्र्याक तर्फ छोटो दौड, रिले दौड, फिल्ड तर्फ हाईजम्प, ज्याभलिन् थ्रो र पहिलो चरणका  छात्र छात्रा भलिबल लगायतका खेलहरु खेलाईने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *