पर्वत ।
मोदी गाउँपालिकामा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ।निर्माणाधीन तिलाहार बर्थिङ सेन्टर सम्पन्नताको अन्तिम चरणमा रहेको छ। पालिकामै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन गण्डकी प्रदेश सरकारको सहयोगमा भवन निर्माण गरीएको हो ।
बर्थिङ सेन्टरको अनुगमन तथा अवलोकन गर्दै मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले मोदीका महिला सुरक्षित प्रसूति सेवाका लिन गाउँ छाडेर जानुपर्ने समस्या हटाउनका लागी पालिका स्तरीय बर्थिङ सेन्टर स्थापना गरेको बताउनुभयो।शर्माले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्ड अनुसारको सेवा सुविधा भवन सम्पन्न पश्चात तत्कालै सुरु गर्ने जानकारी दिनुभयो।
सुबेदी निर्माण सेवाले ९९लाख १९ हजार ९ सय ५३ रुपैँया लागतमा निर्माणाधीन बर्थिङ सेन्टर ठेक्का सम्झौता गरेको हो । मोदी गाँउपालिकाका गर्भवती महिलाहरु प्रसूति सेवाका लागि कुश्मा,पोखराका अस्पतालमा जाने गर्दछन् तर पालिकामा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना हुदा तत्काल स्वास्थ्य जाँच गराउन पर्ने र आमा,बच्चाको अवस्था हेरी सुत्केरी गराउदा खतराबाट मुक्त हुने भएको छ ।
जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गर्नका लागी मोदी गाँउपालिकाले गर्भवती महिलाहरुको लागि निशुल्क एम्बुलेन्स सेवा विस्तार पनि गरिरहेको गाँउपालिकाले जनाएको छ।