महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास तालिम मोदीमा सम्पन्न

पर्वत ।

मोदी गाँउपालिकाको आयोजनामा महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास तीन दिने तालिम सम्पन्न भएको छ । मोदी गाँउपालिका भित्रका महिला जनप्रतिनिधी ,कर्मचारी र राजनीति दलका महिला प्रतीनीधीहरुको सहभागितामा तालिम सम्पन्न भएको हो ।

जेठ ३२ गते बाट सुरु भएको तालिमको प्रशिक्षण अधिवक्ता तथा प्रेस चौतारी नेपालका केन्द्रिय सचिव सुष्मा पौडेल र प्रेस चौतारी नेपाल पर्वतका उपाध्यक्ष शान्ति सुबेदीले दिनुभएको थियो । तालिमको उद्घघाटन मोदी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले गर्नुभएको थियो ।

नेतृत्व तथा क्षमता विकास तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले तालिममा सिकेका ज्ञानहरु व्यबहारमा उतारी परिवर्तन हुनुपर्ने र महिलाको मुद्दाहरु एउटै हुनुपर्ने कुरामा जोड दिनुभयो । नेतृत्व तथा क्षमता विकास सगसँगै विपन्न महिलाहरु आयआर्जनमा जोडिनु पर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।

तालिम निकै प्रभावकारी रहेको भन्दै सहभागि महिलाहरुले यस्ता खालका तालिमहरुको अझै आवश्यकता रहेको र वडावडामा पुगेर पनि प्रशिक्षण गराउनुपर्ने माग गरेका थिए । महिला तथा बालबालिका शाखा प्रमुख शोभा देवी शर्माको संयोजनमा सो तालिमको आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *