मोदी, पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं ७ काे कार्यालयमा शुक्रबार राति अज्ञात समुहद्वारा तोड फोड भएको छ । उक्त समूहले वडा कार्यालयका विभिन्न शाखाहरूका दराज तथा फर्निचरहरु तोडफोड गरी कागजपत्रहरू बाहिर निकालेर छरपस्ट पारेको वडाध्यक्ष दिपेन्द्र गौतमले जानकारी दिनु भएको छ ।
वडाध्यक्ष गौतमले दिएको जानकारी अनुसार घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिसकेको र अहिले सर्वपक्षीय बैठकको तयारी भइरहेको छ ।
सोही राती वडा नं ६काे रातमाटाका दुई ओटा मोटर साइकल चोरीको प्रयास गरेको स्थानीय शिक्षक जीवनाथ शर्माले बताउनु भयो । शिक्षक शर्मा र अर्का एक स्थानीयकाे मोटरसाइकल घरबाट केही पर क्षतिग्रस्त अवस्थामा भेटिएकाे थियो ।
तोडफोडबाट भएको क्षतिको विवरण संकलन तथा संलग्न व्यक्तिहरूको खोजी भई रहेको देउपुर प्रहरी चौकी डिमुवाले जानकारी दिएको छ ।
