मोदीमा सुत्केरीसँग अध्यक्ष कार्यक्रम : जनही २ हजार पाँच सय नगद तथा दुग्धबर्धक औषधी वितरण

पर्वत ।

मोदी गाउँपालिकाको बजेट,नीति कार्यक्रम अनुसार सुत्केरी संग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय स्वास्थ्य चौकीमा संस्थागत सुत्केरी हुनुभएका महिलाहरुलाई पोषण प्रोत्साहन स्वरुप दुई हजार पाँच सय रूपैयाँ नगद हस्तान्तरण गरिएको हो।

गाउँपालिका अध्यक्ष हिरादेबी शर्माले विभिन्न वडाका स्वास्थ्य चौकिमा पुगि संस्थागत सुत्केरीहरुलाई  एक कार्यक्रमका बिच रकम हस्तान्तरण  गर्नु भएको थियो । सुत्केरीलाई नगद सँगै दुग्धबर्धक आयुर्वेदिक औषधि शतावरी चुर्ण समेत बितरण गरिएको थियो ।

आ.व २०७९/८० मा सबै भन्दा धेरै मोदी २ देउपुर स्वास्थ्य चैकिमा १४ जना संस्थागत सुत्केरी भएकाे स्वास्थ्य शाखा प्रमुख उमेश कुमार अधिकारीले जानकारी दिनु भयो   ।

मोदी गाउँपालिकाले स्वास्थ्य चौकिमा सुत्केरी हुन नसक्ने अवस्था र जोखिममा रहेका गर्भवतीहरुलाई अन्य अस्पतालमा पूर्यानका लागि निशुल्क एम्बुलेन्स सेवाको समेत ब्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *